कास्कीका १ सहित गण्डकीमा थपिए २८ जना नयाँ काेराेना संक्रमित ,संख्या ९९४ पुग्याे

0
627

पाेखरा ।बुधबार कास्कीका एक सहित गण्डकी प्रदेशमा २८ जना काेराेना संक्रमित थपिएका छन्।याे संगै गण्डकीमा काेराेना संक्रमितकाे संख्या ९९४ पुगेको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।

 

प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा  नयाँ २८ जना संक्रमित देखिएका हुन  ।

नवलपरासी (ब.सु.पू.) र कास्कीका सबै संक्रमितलाई आईसोलेसन राखिसकिएको छ ।   गोरखा शहिदलखन गाउँपालिकाको संक्रमितलाई कोरोना अस्पताल, भरतपुर राखिएको छ भने अन्य जिल्लाका सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।