पाेखरा। गण्डकी प्रदेशमा थप ३२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
शुक्रबार विहान नवलपरासी बर्दघाट सुस्ता पुर्वका १९ जना,तनहुँका ९ जना पर्वतका ३ जना र वाग्लुङका १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०६३ पुगेको छ | प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ३२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ। संक्रमित सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ |