पाेखरा। महिला मात्रको क्लब लायन्स क्लब अफ पोखरा पिस टाउनले पोखरा, ११ स्थित जयकोट सामुदायिक वनमा वृक्षारोपण गरेको छ। क्लबले सोमबार सो ठाउमा गतबर्ष रोपिएका बिरूवा गोडमेल एवं करिव ३५० वटा विभिन्न जातका बिरुवा रोपिएको कार्यक्रमका संयोजक क्लबका सचिव सिर्जना बरालले जानकारी दिनुभयो । वहाँका अनुसार चिऊरी १००, धुपी ५०, कल्की ५०, कागती ५० र बिभिन्न जातका डाले घॉस १०० वटा बिरुवा रोपण गरिएको छ ।
क्लबका अध्यक्ष सरला तिमिल्सिना एवं क्लबका पदाधिकारीहरूले जयकोट सामुदायिक वनका अध्यक्ष शिवबहादुर कार्कीलाई बिरुवा हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा बोल्दै क्लबका रिजन चेयरपर्सन अमृतप्रसाद तिवारीले बृक्षारोपणले वरपरको वातावरणलाई हराभरा पार्नुका साथै औषधिको समेत काम गर्ने हुँदा सामुदायिक वनमा मात्र नभई घरको छेउछाउमा पनि रूख रोप्न आग्रह गर्नुभएको थियो।
क्लबका अध्यक्ष सरला तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न बृक्षारोपण कार्यक्रममा जयकोट सामुदायिक वनका अध्यक्ष शिवबहादुर कार्की, क्लबका प्रथम उपाध्यक्ष शोभा पौडेल, भन्ज्याड नर्सरी टोल विकास संस्थाका अध्यक्ष लगाएतले बृक्षारोपणको महत्व बारे आ-आफ़ना भनाई राख्नु भएको थियो ।
कार्यक्रमका संयोजक बरालका अनुसार बिरूवा डिभिजन वन कार्यालय तनहुबाट प्राप्त भएको र बिरूवा स्थानिय बासिन्दाको माग बमोजिम रोपिएको हो