पाेखरा। बलिउडका चर्चित नायक अमिताभ बच्चनलाई कोरोना पोजिटिभ देखिएको छ । अमिताभलाई कोरोना पोजिटिभ देखिए सँगै उनको परिवारका सम्पूर्ण सदस्यको कोरोना परिक्षण गरिएको थियो ।
भारतीय मिडियाका अनुसार, अमिताभका छोरा नायक अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । नायक अभिषेक बच्चनले सामाजिक संजालमार्फत आफू र आफ्ना पिता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टी भएको उल्लेख गरेका छन् ।
अमिताभले सामाजिक संजालबाट यो कुराको जानकारी दिएका हुन् ।
कोरोना संक्रमित भएपछि अमिताभ बच्चन अस्पताल भर्ना भएका छन ।