कालिकोट । १६ बर्षिय किशोरीलाई बलात्कार गरेको आरोप लागेका नेकपाबाट निर्बाचित वडा अध्यक्ष जगधिश शाही पक्राउ परेका छन् । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जगधिश शाहीलाई प्रहरीले बलात्कारको आरोपमा मंगलबार राती पक्राउ गरेको हो ।
वडा अध्यक्ष शाहीले आफ्नै गाँउकी अंकलकी छोरी बहिनी नाता पर्ने एक १६ बर्षिया किशोरीलाई तीन बर्षदेखी लगातार बलात्कार गरेको भनी प्रहरीमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमूख डिएसपी श्यामबाबु ओलीयाले बताए । उनका अनुसार वडा अध्यक्ष शाही बिरुद्ध जबरजस्ती करणी मुद्धा दर्ता भएको छ । पीडित किशोरीको जाहेरी र बयानका आधारमा वडा अध्यक्ष बिरुद्ध जजक मुद्धा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा इन्सपेक्टर यक्षराजज जोसीले बलात्कारको आरोपित वडा अध्यक्षलाई मंगलबार राती ९ बजेतिर बजारबाटै पक्राउ गरिएको बताए । उनले घटनाको बिषयमा वडा अध्यक्षसँग सोधपुछ गर्दा आफुले बलात्कार नगरेको प्रतिक्रिया दिएका छन् । प्रहरी सोधपुछका क्रममा वडा अध्यक्ष शाहीले भने, ‘मेरो त्यो बहिनीसँग कुनै अनैतिक सम्बन्ध छैन् । मलाई फसाउन खोजियो ।’ उनी नेकपाबाट वडा अध्यक्षमा निर्बाचित भएको हुन् ।
वडा अध्यक्ष शाहीकै अंकलकी छोरी हाड नाता, बहिनी पर्ने पीडित किशोरीका अनुसार वडा अध्यक्ष शाहीलाई २०७४ साल बैशाख ३१ गते भएको स्थानिय तहको निर्बाचनमा वडा अध्यक्षको उम्मेद्वार भएर भोट माग्न जाँदा पहिलो पटक चिनजान भयो । पछि उनले वडा अध्यक्ष जितेपछि किशोरीले पढ्ने बिद्यालयमा जाँदा भेट भयो । उनी त्यति बेला कक्षा ७ मा पढ्ने जेहेन्दार बिद्यार्थी थिइन् । उनले बहिनी भनेर निकै माया देखाए । सहयोगी दाई बने । तीन बर्षदेखी बलतकृत ती किशोरीले भनिन्, ‘सुरु सुरुमा बहिनी भनेर अँगालो हाल्ने, माया गर्ने जस्ता व्यवहार गर्दा मैले दाई जस्तै माने । एक दिन बिद्यालयबाट घर फर्किदै गर्दा आफुलाई कोल हालेर घर भित्र लिएर बलात्कार गरे ।’ उनले भनिन्, ‘बिद्यालयबाट मेरो घर जाने बाटो वडा अध्यक्षको घरबाटै थियो । दाईले बहिनीलाई त्यस्तो व्यवहार गर्ला भन्ने कल्पना नै थिएन् । बिद्यालयबाट घर जाँदै गर्दा पहिलो पटक मलाई कोल हालेर आफ्नो घर भित्र लिएर बलात्कार गरे । बाहिर भनेपछि मारिदिने धम्की दिए । मैले पीडा सहेर कसैलाई पनि भनिन् ।’
त्यसपछि उनले मलाई पटक पटक बलात्कार गरे । मैले डरले कसैलाई पनि भनिन् । यो असारमा गाँउकी एक जना साथीले आफुलाई बोलाउन घर गईन् । म बिरामी परेर सुतेकी थिए । वडा अध्यक्ष पनि घरमा आएर पुन बलात्कार गर्दै थिए । ती साथीले सबै देखिन् । उनलाई पनि वडा अध्यक्षले ठुसुक्क रहेस । बाहिर कराएर, ढोकामा होनेर थाहा दिएर आउनु पर्दैन् । जस्ता गाली गरेर त्यहाँबाट भागे । त्यो साथीले पछि गाँउमा अरुलाई साथीहरुलाई भनिदिछ । अनी गाँउमा थाहा भयो । मैले पनि परिवारलाई सबै कुरा भनिदिए ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.