पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १८ स्थित पोखराबेँसी टोल विकास संस्था तथा पोखराबेँशी युवा क्लबको आयोजना र पोखराबेशी आमा समुहको व्यवस्थापनमा आफ्नै टोलको नवनिर्मित खेलमैदानमा आउँदो साउन ४ गते आइतबारका दिन रक्तदान कार्यक्रम हुने भएको छ ।
कोरोना भाइरसको सन्त्रास सँगै भएको लकडाउनका कारण रगत संकलनमा भएको अभावलाई परिपूर्ति गर्नका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको पोखराबेँशी टोल विकास संस्थाका अध्यक्ष एवम् वडा नं १८ का वडा सदस्य हरि लम्सालले जानकारी गराउनु भयो ।
बिहान ७ :०० बजेदेखि औपचारिक कार्यक्रम संगै शुभारम्भ गरिने उक्त कार्यक्रमको प्रमुख अतिथि वडा नं १८ का वडाध्यक्ष रण बहादुर थापा रहेको सोही संस्थाका सचिव त्रिलोचन दाहालले जानकारी गराउनु भयो। अर्को आयोजक संस्था पोखराबेँशी युवा क्लबका अध्यक्ष सन्जु सुनारले टोलबासीहरुलाई सामाजिक कार्यमा उत्साहित र सशक्तीकरण गर्नको लागि यो रक्तदान कार्यक्रम गर्न लागिएको कुरा जनाउनय भयो ।
त्यसै गरि सोही टोल निवासी प्रशिद्ध गीतकार एवम् पत्रकार सुमन श्रापितले सामाजिक काम त्यो पनि मानवीय स्वास्थ्यसँग जोडिएको यस्तो संवेदशील पुण्य काम आफ्नो टोलमा गरिएकोमा खुशी व्यक्त गर्दै आफूले पनि रक्तदान गर्ने बताए ।
रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा हुने उक्त कार्यक्रममा टोलबासीहरु र अन्यत्रका रक्तदाताहरुलाई पनि रक्तदान गरेर यस कार्यक्रमलाई सफल पारिदिनु हुनका लागि कार्यक्रम व्यवस्थापन संस्था पोखराबेँशी आमा समूहकी अध्यक्ष जानकी खड्काले अनुरोध गरेकी छन्