पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १८ स्थित पोखराबेँसी टोल विकास संस्था तथा पोखराबेँशी युवा क्लबको आयोजना र पोखराबेशी आमा समुहको व्यवस्थापनमा आफ्नै टोलमा आयोजित रक्तदान कार्यक्रम आज सुसम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं १८ का वडाध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि रण बहादुर थापाले पहिलो रक्तदाता महेन्द्र त्रिपाठीलाई ब्लोड ब्याक हस्तान्तर गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
आफ्नो मन्तव्यमा प्रमुख अतिथि थापाले “शरिरमा उत्पादन हुने रगत एउटा निश्चित समयपछि आफसे आफ खेर जान्छ । तसर्थ रक्तदान गरेर शरीरलाई कुनै हानी हुँदैन । म उमेरले ५९ वर्षको भएँ र पनि बेला बेलामा रक्तदान गर्छु । बाढीपहिरोको यस्तो विषम परिस्थितिमा रगतको अभाव हुन्छ । यो अभावलाई परिपूर्ति गर्ने गरी यस्तो समयमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा खुशी ब्यक्त गर्दै प्रशंसा गरेका थिए ।
पोखराबेँशी टोल विकास संस्थाका अध्यक्ष एवम् वडा नं १८ का वडा सदस्य हरि लम्सालको अध्यक्षता भएको औपचारिक कार्यक्रममा अर्को आयोजक संस्था पोखराबेशी युवा क्लवका अध्यक्ष सन्जु सुनारले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रम संचालन सोही संस्थाका सदस्य हरि प्रसाद शर्माले गरेका थिए । रक्तदान गर्न निकै इच्छा भएको तर अनुकूलता मिलेको थिएन । आज रक्तदान गरेर आफ्नो ईच्छा पुरा भएको बिरौटाबाट रक्तदान गर्नकै लागि आएकी रक्तदाता मीना क्षेत्रीले बताइन ।
टोल र पोखरा पेरिफेरिबाट मात्रै नभएर साथीको आमन्त्रणमा तनहु बन्दिपुरबाट उत्तम थापा मगर, लाहचोकबाट सन्दिप सुनार, लान्द्रुकबाट नबिन थापा मगर रक्तदान गर्नकै निम्ति कार्यक्रममा उपस्थित भएका थिए । कार्यक्रममा व्यवस्थापन संस्था पोखराबेँशी आमा समूहकी अध्यक्ष जानकी खड्का, क्लबका सदस्य गोकुल बि.सी, राजन भट्टराई, उषा बि.क लगायतको उपस्थिति थियो। संस्थाका अन्य सदस्यहरुले आतिथ्य सत्कार गरेका थिए । बिक्रम पौडेल, भानुभक्त पोखरेल, बिष्णुहरि त्रिपाठी, सुब्बा शाक्य, शर्मिला ताम्राकार लगाएत ५४ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।
कार्यक्रममा डा. बिधा भुषण ताम्राकार, गीतकार एवम पत्रकार सुमन श्रापित, नेकपा वडा नम्बर १८ वडा अध्यक्ष पुस्कलथापा , पबित्रा भण्डारी, त्रिलोचन दाहाल रेडक्रस सोसाइटी ,वडा १८ इकाइ समिति सभापति गंगाधर तिमिल्सिना, वडा सदस्यहरु भोज कुमारी थापा, सरला नेपाली, लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।