पाेखराका थप ९ जनामा काेराेना संक्रमण पुष्टि

0
709

पाेखरा। बुधबार पाेखरा महानगरका थप  ९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।महानगरका १७,४५,२१,२७,२०,२३,३०,५७ र १७ बर्षका पुरुषहरुमा काेराेना संक्रमण पाेजेटिभ देखिएकाे स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा उनिहरुलाई काेराेना संक्रमण पाेजेटिभ देखिएकाे  हाे ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५५२ पुगेको छ 

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।   यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १३५४ पुगेको छ ।