सुनको मूल्य तोलाको एक लाखभन्दा माथि पुग्यो

0
614

पाेखरा।नेपालमा केही महिनायता सुनको मूल्य निरन्तर उकालो लाग्ने क्रममा छ । बुधबार सुनको मूल्य तोलाको एक लाखभन्दा माथि पुगेको छ । मंगलबार प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबारका लागि छापावाला सुनको मूल्य एक लाख एक हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य पनि १५ सय ३५ रुपैयाँले बढेर बुधबार तोलाको एक लाख ९ सय पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम नरोकिएकाले नेपालमा पनि अझै  सुनको मूल्य बढ्न सक्ने अनुमान गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ   ।

चाँदीको मूल्य ६५ रुपैयाँले बढेर  आज १ हजार २९५ रुपैयाँ पुगेको छ । यसअघि मंगलबार चाँदीको मूल्य १२३० रुपैयाँ रहेको थियो ।