पाेखरा। पाेखरामा शुक्रबार दिउँसो १२:४५ बजेसम्म १० जना काेराेना संक्रमित थपिएका छन्।पाेखरा १९ का ३ जना महिला र ३ जना पुरुष र पाेखरा १५ र ३२ का एक ,एक जना पुरुषमा काेराेना संक्रमण पाेजेटिभ देखिएकाे स्वास्थ निर्देशनालय गण्डकीकाे शुक्रबार दिउसाे १२:४५ काे अध्यावधिक विवरणमा जनाईएकाे छ।
यस अघि अाज बिहान १०:३० बजेकाे विवरणमा पाेखरा २ र८ का २ जना पुरुषमा काेराेना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको थियाे।शुक्रबार दिउँसो सम्म मात्रै पाेखरामा १० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।