कास्की । जिल्ला सहकारी संघ लि. कास्कीले पोखरामा सञ्चालित सहकारी संस्थाहरुलाई घरदैलो सेवा बन्द गर्न आग्रह गरेको छ ।
संघका अध्यक्ष रवीरमण तिवारीले आज एक सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै घरदैलो सेवा बन्द गरेर अन्य सेवामात्र सुचारु गर्न आग्रह गरेका हुन ।
उनले सबै कर्मचारी र सदस्यको कोरोना बीमा गर्न र भीडभाड हुने खालका कुनै पनि गतिविधि सञ्चालन नगर्न समेत आग्रह गरेका छन ।