पोखरा । पोखरा महानगरपालिकाका तीन जना सहित गण्डकी प्रदेशमा आज थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले आज विहान विज्ञप्ती जारी गरी पोखराको वडा नं ५ र ८ मा दुई पुरुष तथा वडा नं ८ मा एक महिलामा संक्रमण फेला परेको जनाएको छ ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६९२ पुगेको छ | क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षण अनुसार गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे| सबै संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।|