पोखरा। क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे ) गण्डकी प्रदेश द्वारा संचालित स्व.हरिश्चन्द्र वाग्ले क्रियाशील महिला पत्रकारिता पुरस्कार २०७७ बाट पोखराका क्रियाशील पत्रकार दुर्गा अधिकारीलाई सम्मान गरिने भएको छ । वरिष्ठ पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिको शुक्रबार पाेखरामा बसेकाे वैठकले अधिकारीलाई सम्मान गर्ने निर्णय गरेको हो ।
समितिको सदस्यमा क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे ) गण्डकी प्रदेशका अध्यक्ष सरिता तिम्सिना पंगेनी, कास्कीका अध्यक्ष शिला गुरुङ्ग र परिवारको तर्फबाट स्वर्गिय हरिश्चन्द्र वाग्लेकी पत्नी चन्द्रावती वाग्ले रहनुभएको थियो ।
अधिकारी विगत १८ वर्षदेखि पत्रकारितामा आवद्ध हुनुहुन्छ । उहाँले यसअघि नेपाल पत्रकार महासंघद्धारा सञ्चालित स्व.जगन्नाथ सिग्देल हिमदुत पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल क्रियाशिल पुरस्कार लगायतका पुरस्कार प्राप्त गरिसक्नुभएको छ । विगत १८ वर्षदेखि पत्रकारितामा क्रियाशिल अधिकारीले २०६० सालमा सञ्चारदर्पण साप्ताहिकबाट पत्रकारिता सुरु गर्नुभएको हो, पोखरा हटलाइन, हिमचुली एफएम, रेडियो तरङ्ग हुँदै रेडियो दिदी बहिनी पर्वतको स्टेशन म्यानेजर र हाल रेडियो सफलतामा प्रवन्ध निर्देशकको रुपमा कार्यरत हुनुहुन्छ । पुरस्कारको राशी १५ हजार ५ सय ५५ रहेको छ ।
पुरस्कार स्व. वाग्लेको वार्षिक पुण्य तिथीका दिन अागामी भाद्र ८ गते प्रदान गरिने क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे ) गण्डकी प्रदेश अध्यक्ष सरिता तिम्सिना पगेनीले जानकारी दिनुभयो ।
स्व. वाग्लेकी धर्मपत्नी चन्द्रावती वाग्लेले श्रीमानकाे नाममा पुरस्कार स्थापना गर्नु भएको हाे।पुरस्कार प्रत्येक बर्ष स्व. वाग्लेको वार्षिक पुण्य तिथीका दिन गण्डकी प्रदेशमा रहेर एक दशक बढि क्रियाशील पत्रकारिता गरेका पत्रकार महिलालाई प्रदान गरिने अध्यक्ष पगेनीले जानकारी दिनुभयो ।