पाेखरा । पाेखरामा काेराेना भाइरसका कारण पाेखरा -१६ का एक पुरुषको ज्यान गएकाे छ ।
पाेखरा- १६ दिपमा बस्ने ८७ बर्षका पुरुष पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे आइशाेलेसन वार्डमा उपचाररत थिए ।उनकाे आज अाज विहान १०:४० बजे उपचारका क्रममा पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे अस्पतालमा ज्यान गएकाे हाे ।
उनकाे स्वाब परिक्षण गर्दा काेराेना भाइरस पाेजिटिभ देखिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा बिनाेद विन्दु शर्माले जानकारी दिएका छन् ।
उनी श्रावण ३२ गते उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।
याेसँगै गण्डकी प्रदेशमा काेराेना भाइरसका कारण ज्यान गुमाउनेकाे संख्या ७ पुगेकाे छ ।