पाेखरा।
पाेखरामा ४ जना काेराेना संक्रमित थपिएका छन्।
बुधबार पाेखरा -२४ का १८ बर्षीय एक जना पुरुष,१२ का ३७ र ४० बर्षीय
दुई जना पुरुषमा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।
त्यसैगरी पाेखरा -४ का ४७ बर्षीय एक जना पुरुषमा काेराेना संक्रमण देखिएकाे छ।पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा उनिहरुमा काेराेना संक्रमण देखिएकाे हाे ।
यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७८३ पुगेको छ । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ ।