पाेखरामा मंगलबार बिहानै थपिए ४ जना काेराेना संक्रमित

0
534

पाेखरा। पाेखरामा मंगलबार बिहानै  ४ जना काेराेना संक्रमित थपिएका छन् ।  पाेखराका थप ४ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ। क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा पाेखरा वडा नम्बर १३ का २ जना पुरुष ,२८ का एक जना पुरुष र २९ का एक जना महिलामा काेराेना संक्रमण पुष्टि भएको हो ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८९५ पुगेको छ ।
पोखरा महानगरपालिका वार्ड १३ का २ जना भारतबाट आउनुभएको हो भने अन्य २ जना व्यक्तिहरु Contact tracing बाट पहिचान हुनुभएको हो |सबै संक्रमित व्यक्तिलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ। ।
यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १६३९ (निको हुने दर ८६.४९ %) रहेको  छ |