सोह्र श्राद्ध भर्चुअल (अनलाइन) माध्यमबाट गर्न नगरपालिकाको आग्रह

0
1010

पोखरा ।सोह्र श्राद्ध यस वर्ष भदौ १७ गतेबाट शुरु हुँदैछ । धेरै जनालाई काेराेना महामारीको समयमा कसरी श्राद्ध  गर्ने भन्ने पिरलाे पनि हाेला ।समुदायस्तरमा कोरोना संक्रमित बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भने आउँदै गरेको सोह्र श्राद्ध भर्चुअल (अनलाइन) माध्यमबाट गर्न आग्रह गरेको छ ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै कोरोना संक्रमण नियन्त्रणका लागि सोह्र श्राद्ध भर्चुअल (अनलाइन) माध्यमबाट गर्न/गराउन नगरवासीमा आग्रह गरेको हो ।

एकजना पुरोहित धेरैजना यजमानको घरमा श्राद्ध गराउन जाने प्रचलन रहेकाले यसपटक कोरोना भाइरस संक्रमणको जोखिम रहेको विषम परिस्थितिमा वैकल्पिक तरिकाले विद्युतीय (भर्चुअल) विधिबाट सोह्र श्राद्ध गर्न–गराउन नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै नगरवासीमा आग्रह गरेको छ  ।