पाेखरा। गण्डकी प्रदेशमा काेराेना संक्रमण बाट थप एक जनाकाे मृत्यु भएको छ ।नवलपरासी जिल्ला विनयत्रिबेणी -६ का ६२ वर्षीय पुरुषकाे शनिबार काेराेना संक्रमणका कारणले मृत्यु भएको हाे।
उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।
यससंगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ।
