पोखरा । जिल्ला मालपोत कार्यलय कास्कीले भोलि सोमबारदेखि सेवा प्रवाह सुचारु गर्ने भएको छ ।
नेपाल सरकारबाट तोकिए अनुसार स्वास्थ्य संबन्धी मापदण्ड पालना गर्ने गरि सेवा प्रवाह सुचारु गर्न लागेको मालपोत कार्यलय कास्कीले जनाएको छ।
प्रत्येक शाखाबाट फस्ट कम फस्ट सर्भिसका आधारमा दैनिक १५ वटा टोकन बितरण गरि सेवा प्रवाह गरिने जिल्ला मालपोत कार्यलय कास्कीले बताएको छ ।
भदौ ३ गते कार्यलयका १ जना कर्मचारीमा कोरोना संक्रमण देखीए पछि केहि समय मालपोत कार्यलय कास्कीको सेवा प्रवाह बन्द गरिएको थियो ।संक्रमित कर्मचारीकाे सम्पर्कमा अाएका ब्यक्तिकाे कन्ट्याक्ट् ट्रेसिङ ,पिसिअार परिक्षण ,रिपोर्ट नअाएसम्म अाइसाेलेसनमा बस्न परेका कारणले कार्यलयकाे सेवा प्रबाह प्रभावित बनेको मालपोत कार्यलय कास्कीले जनाएको छ ।