स्वास्थ्यकर्मी तथा राष्ट्रसेवक माथि दुर्व्यहार गर्नेलाइ  कानुन बमोजिम कारबाही गर्न जिल्ला प्रशासन कार्यलय गुल्मीको अनुरोध

0
449

 

पाेखरा। कोभिड-१९ सक्रमणको रोगथाम नियन्त्रण र उपचारका लागि खटिएका स्वास्थ्यकर्मी तथा राष्ट्रसेवक माथि दुर्व्यहार गर्नेलाइ  तत्काल कानुन बमोजिम कारबाही गर्न जिल्ला प्रशासन कार्यलय गुल्मीले जिल्ला प्रहरी कार्यलय गुल्मीलाइ अनुरोध गरेको छ।

नागरिकको जीवन रक्षाका लागि निरन्तर खटिएका स्वास्थ्यकर्मी तथा रास्ट्रसेवकलाइ सम्मान तथा उत्प्रेरित गर्नुपर्नेमा काठमाडौ, चितवन, मोरङ जिल्लामा किभिड-१९ को संक्रमण रोकथाम नियन्त्रण तथा उपचारमा खटिएका चिकित्सक तथा रास्ट्रसेवक माथिको  दुव्र्यवहार गैर कानुनी भएको जिल्ला प्रशासन कार्यलयले ठहर गरेको छ ।

गैर कानुनी तथा उच्छृङ्खल गतिविधि गर्नेहरू जुनसुकै ब्याक्ती उपर तत्काल कानुन बमोजिम कारबाही अगाडी बढाउन प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले जिल्ला प्रहरी कार्यलय गुल्मीलाई अनुरोध गरेको बताएका छन ।