सुनको भाउ बढ्यो

0
496
कास्की । नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ ।
आज तोलामा ३ सयले बढेर प्रतितोला ९७ हजार ५ सय रुपैयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यस्तै , आज तेजावी सुन ९७ हजार रुपैयामा कारोवार भइरहेको महासंघले बताएको छ ।
यसैगरी, आज चाँदीमा पनि तोलामा २५ रुपैयाले बढेर प्रतितोला एक हजार ३ सय ६५ रुपैयामा किनबेच भइरहेको महासंघले बताएको छ ।