लामो दुरिका यातायात र आन्तरिक हवाइ उडान असोज १ देखि मात्रै सञ्चालनमा ल्याउने

0
523

 

पाेखरा।  आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लामो दुरिका यातायात र आन्तरिक हवाइ उडान असोज १ देखि मात्रै सञ्चालनमा ल्याउने   निर्णय  गरेको छ ।  सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले नेपालमा अझै पनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि  आन्तरिक हवाइ उडान र  अन्तरजिल्ला र लामो दूरीका यातायातका बन्द गर्ने निर्णय भएको  बताए ।

 

सरकारले चार्टर र नियमित उडानको माध्यमबाट अन्तर्राष्ट्रिय उडान गरी विदेशमा रहेका नेपालीको उद्धार गर्नेछ ।

यसैगरी सरकारले विदेशबाट दैनिक ८०० नेपालीको उद्धार गर्ने पनि निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्रालयको जिम्मेवारी र जवाफदेहीतामा उडान संख्या, यात्रुको व्यवस्थापन, क्वारेन्टाइन र आइसोलेशनको उपलब्धताको आधारमा दैनिक ८०० जना नबढ्ने गरी विदेशमा रहेका नेपालीको उद्धार गर्ने निर्णय गरेको हाे ।