लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु

0
376

पाेखरा। रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

रुपन्देहीको सैनामैना -११, सालझण्डीकी ७७ वर्षीया महिलाको प्रादेशिक अस्पतालकै आइसालेसनमा राखी उपचार गरिएकामा बिहीबार बिहान साढे ४ बजे मृत्यु भएको कोरोना विशेष अस्पताल बुटवलका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए। ।

बुधबार साँझ ७ बजे अस्पताल ल्याइएकी उनकाे इमरजेन्सी एक्स्पर्ट टेस्टबाट पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।