पाेखरा।पछिल्लो २४ घण्टामा देशभर १ हजार २सय २८ काेराेना संक्रमित थपिएका छन्।
थपिनेमा महिला ३ सय ९४ र पुरुष ८ सय ३४ जना छन्।
यो सगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४२,८७७ पुगेको छ।
अहिलेसम्म २४,२०७ सङ्क्रमित निको भइसकेका छन् भने २५७ जनाको मृत्यु भएको छ।
बिहीवारको प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले देशभरि १८,४१३ सक्रिय सङ्क्रमित भएको बताए।