पाेखरा। एमनेस्टी इन्टरनेसनलले कोरोना भाइरस संक्रमणका कारण बिश्वमा अहिलेसम्म ७००० स्वास्थ्य कर्मीको ज्यान गएको जनाएको छ। सबैभन्दा धेरै मेक्सिकोमा स्वास्थ्य कर्मीको ज्यान गएको एमनेस्टी इन्टरनेसनलले जनाएको छ। मेक्सिकोमा अहिलेसम्म १३२० जना स्वास्थ्य कर्मीको ज्यान गएको छ। मेक्सिको पछि अमेरिकामा १०७७ जना स्वास्थ्य कर्मीकी ज्यान गएको छ। यस्तै बेलायतमा ६४९ र ब्राजिलमा ६३४ स्वास्थ्य कर्मीको ज्यान गएको छ। यस्तै भारत र दक्षिण अफ्रिकामा पनि स्वास्थ्य कर्मी जोखिममा परेका छन। अहिलेसम्म भारतमा ५७३ जना र दक्षिण अफ्रिकामा २४० जनाको ज्यान गएको छ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.