बेगनास तालमा पौडी खेल्न गएका राना मगर मृत भेटिए

0
875

 

पोखरा ।शुक्रवार बेगनास तालमा पौडी खेल्न गएका  चितवन जिल्ला कल्याणपुर घर भई हाल कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं ३० शिशुवामा रहेर मजदुरी काम गरी बस्दै आएका अन्दाजी वर्ष ३१ का बिनोद राना मगर  तालमै मृत अवस्थामा भेटिएका छन् ।

तालमा पौडी खेल्न जान्छु भनी गएका उनी घरमा फिर्ता नआएपछि खोजतलाश गर्दै जाने क्रममा शनिवार बेगनास तालमा शव पानीमा तैरिएको अवस्थामा फेला परेका हुन् ।

घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।