पाेखरा।उद्योगपति विनोद चौधरी कोरोना संक्रमणबाट मुक्त भएका छन् । उनले अाफु कोरोना संक्रमणबाट मुक्त भएको जानकारी शनिबार सामाजिक सञ्जाल फेसबुक र ट्वीटर मार्फत गराएका छन्।
डाक्टरकाे सल्लाह अनुसार १० दिनसम्मको हाेम क्वारेन्टिन पछि उनी काेराेना संक्रमण बाट मुक्त भएको उल्लेख गरेका छन्।
यस अघि उनले अाफु लाई कोरोना संक्रमण भएको जानकारी ट्वीटरमार्फत नै गराएका थिए ।उनले कुनै लक्षण नै नदेखिइकन स्वाव परीक्षण गराउँदा पीसीआर रिपोर्ट पोजेटिभ आएको जानकारी गराएका थिए ।
यस अबधिमा आफुलाई हौसला प्रदान गर्ने इष्टमित्र, साथीभाई तथा सुभेच्छुकहरु सस्पूर्णलाई धन्यवाद दिएका समेत दिएका छन्।
