देशभर पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना संक्रमण

0
396

पाेखरा। पछिल्लो २४ घण्टामा देशभर ९८० जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । उनीहरुमध्ये २८९ जनाको मृत्यु भएको छ भने २८ हजार ९४१ जना कोरोना मुक्त भएका छन् ।