बालिका माथि जवरजस्ती करणी गर्न खाेज्ने पाेखरा-२० का ट्याक्सी ड्राइभर पक्राउ

0
606

 

पाेखरा।बालिका माथि जवरजस्ती करणी गर्न खाेज्ने पाेखरा-२० का ट्याक्सी ड्राइभर  गणेश खत्री पक्राउ परेका छन्। बालिका जंगलको बाटोमा एक्लै हिडिरहेकाे माैका छाेपी उनले शनिबार १८ बर्षीया बालिकालाई डर धम्की र त्रास देखाई जबरजस्ती करणी गर्न खाेजेका थिए   ।

कास्की प्रहरीकाे टाेलिले उनलाई शनिबार पाेखरा -२० भलामबाट पक्राउ गरेको हाे ।

उनलाई जवरजस्ती करणी उद्योग सम्बन्धी कसुर अन्तरगत अनुसन्धान प्रक्रिया अगाडि बढाएकाे जिल्ला प्रहरी कार्यलय कास्कीका प्र.ना.उ सुवास हमालले  पाेखरा पाेष्टलाई जानकारी दिए।