पाेखरा।कास्कीको रुपागाउपालिका वडा नम्बर ६ रुपाकाेटमा पहिराेले पुरिएर एक जना बालिका गम्भीर घाइते भएकी छन्।
मंगलबार बिहान ४:३० काे समयमा खसेको पहिराेमा परि रुपा -६ कि अन्दाजी १८ बर्षीया सृजना बिक गम्भीर घाइते भएकाे रुपा-६ का वडा अध्यक्ष नारायण गुरुङले जानकारी दिए।
गएरातिकाे अविरल बर्षाका कारण काजी बिककाे घरमाथिकाे ढिस्काेले पुरिएर उनकी छाेरी सृजना बिक गम्भीर घाइते भएकी हुन।घरमा काजी बिक ,उनका भाइ संदिप बिक र छाेरी सृजना बिक सुतेका थिए ।
उनकाे पाेखरा स्थित पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार भईरहेकाे छ।
पहिराे खसेको थाहा पाएपछि काजी बिक र उनका भाइ बाहिर निस्कियर गुहार मागेका थिए ।
अध्यक्ष गुरुङका अनुसार सृजना बिककाे अबस्था गम्भीर रहेको छ।
तस्बिर: सांकेतिक
