पाेखरा। बर्षाका कारण पाेखराकाे ३० र ३२ नम्बर वडा जाेड्ने खुदिखाेला माेटरेवल पुल उच्च जाेखिममा परेको छ।
बर्षाका कारण २० मिटर लम्बाई काे पुलकाे दायाबायाका प्रोटेक्सन वाल एप्रोच रोड बाढिले कटान गरेर क्षेती पुर्याएपछि पुल जाेखिममा परेको हाे ।
सातमुहाने ,रुपाकोट, थुम्की र सिशुवा पोल्याङ्ग्टार सडक खण्डमा पर्ने उक्त पुलले रुपा गाउपालिकाका साथै लम्जुङ्ग तथा तनहुँ जिल्लाका विभिन्न भागलाई जाेड्दछ ।
२०६२ सालमा साविक जिल्ला बिकास समिति कास्कीले पहिलो पटक उपभोक्ता समिति मार्फत उक्त पुल निर्माण गरेको पाेखरा उपत्यका नगर विकास समितिका पुर्व अध्यक्ष प्रकाशमाेहन खनालले जानकारी दिए।
केही दिनदेखि परेको अविरल बर्षाको कारण क्षतिग्रस्त भएको उक्त पुललाई संरक्षणका सबै विकल्प अपनाएर पुनः संचालनमा ल्याउन स्थानीयले माग गरेका छन्।