पोखरा । पोखरा लेडि जेसिजको आयोजनामा विभिन्न कार्यक्रम सहित जेसिज सप्ताह २०२० भोलि असाेज ५ गते सोमबारदेखि देखि ११ गते सम्म संचालन हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ।
सात दिन सम्म संचालन हुने कार्यक्रमको बिस्तृत जानकारी सप्ताह कार्यक्रमका मुल संयोजक तथा सस्थाकी कार्य कारिणी उपाध्यक्ष जेसि अनिता थापा खड्काले दिनु भएको थियो । जानकारी अनुसार भोलि ५ गते सोमबार बेलुकी ४:३० बजे उद्घाटनमा पश्चात पोखरा आसपासका विद्यार्थी हरुको वाककला लाई सुधार गर्ने उद्देश्यले विद्यालय स्तरीय बक्तृत्वकला कार्यक्रम Zoom Application मार्फत हुने भएको छ भने दोस्रो दिन जेसिजको सामाजिक विकास क्षेत्र अन्तर्रगत पोखरा १८ सराङ्ग्कोटमा अवस्थित बालसुधार ग्रुहका बालबालिकाहरुलाई लक्ष्यित गरि बिहान ११ बजे आवश्यक सामाग्री बितरण गरिने भएको छ ।पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार तेस्रो दिन ब्यक्तिगत बिकास क्षेत्र अन्तर्रगत महिला दिदिबहिनीहरुलाई Zoom Application मार्फत सिपमुलक तालिम दिइने भएको छ भने लकडाउनमा घरमै बसिरहेका बालबालिकाको क्षमता अभिबृद्दिलाई मध्यनजर गरि मन्टेश्वरी स्तरिय चित्रकला कार्यक्रम चौथो दिन बिहान ११ बजे पोखरा ६ जरेवरमा कृस्टल मन्टेश्वरिको सहकार्यमा हुने भएको छ ।
Covid 19 कोरोना संक्रमण बाट उत्पन्न बर्तमान भयावह अवस्था चुनौती र अवसरमा अन्तर्रकृया कार्यक्रम अनलाईन एप्लिकेसन Zoom मार्फत पाचौं दिन हुनेछ भने जेसिजको सामाजिक अभियान अन्तर्रगत मानवताको सेवा नै जिवनको सर्बोत्तम कार्य हो भन्ने मुल मन्त्रलाई अंगिकार गर्दै कार्यक्रम को छैठौं दिन पो म न पा ३० लेखनाथको क्वारेन्टाइनमा रहेका बिरामिहरुलाई लेखनाथ लायन्स अस्पतालको सहकार्यमा बिहान ११ बजे खाद्यान्न लागएत विभिन्न सामाग्री बितरण गरिने भएको छ भने सातौ अर्थात अन्तिम दिन विषम परिस्थितिका बाबजुत पनि जनताको सूचनाको हकलाई मध्यनजर गर्दै फ्रन्ट लाईनमा रहेर पत्रकारिता गरिरहनु भएका पत्रकार हरुलाई हौसला र सम्मान स्वरुप माक्स तथा स्यानेटाईजर बितरण पोखरा १७ मुस्ताङ चोकमा हुने छ भने सोही दिन बेलुका ५:३० बजे कार्यक्रम समापन गरिने भएको छ ।
प्रत्येक फरक फरक दिनको कार्यक्रम सस्थाका फरक फरक सदस्यबाट हुनेछ । समाजका विभिन्न क्षेत्रमा कृयाशिल १८ देखि ४० वर्ष बिचका महिलाहरुको ब्याक्तित्व र नेतृत्व बिकास गर्ने सस्था पोखरा लेडि जेसिजले प्रत्येक वर्ष जेसिज सप्ताह गर्दै आएको र यो विषम परिस्थितिमा समाजमा सस्थाको दाईत्व झनै बढेको महसुस गरि जेसिज हरुको महान चाडको रुपमा लिईने जेसिज सप्ताह यो वर्ष पनि निरन्तरता दिई ब्यक्तिगत सुरक्षा र सामाजिक दुरि लाई मध्यनजर गर्दै संचालन गरिने सस्थाकै मिडिया रिलेसन अफिसर जेसि सम्झना थापा क्षेत्रीले जानकारी दिनुभयो ।
पोखरा लेडि जेसिज वर्ष २०२० कि शाखा अध्यक्ष जेसि शोभा भुजेलले अध्यक्षता र पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सस्थाकी सचिव गायत्री फुयालले संचालन गर्नु भएको थियो भने उक्त कार्यक्रममा ३० भन्दा बढी पत्रकार हरुको उपस्थिति Online application Zoom मार्फत जोडिनु भएको थियो ।