पोखरा । पोखरा जेसिआईले आयोजना गरेको ‘जेसिज सप्ताह २०२०’ एक समारोहका विच सम्पन्न भएको छ । असोज ११ गते देखि शुरुभएको जेसिज सप्ताह सनिवार सम्पन्न भएको हो । युवाहरुलाई नेतृत्व विकासगर्ने लक्ष्यका साथ आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम संघको प्राङ्गणमा सम्पन्न भएको हो ।
जेसिजले रक्तदान मार्फत सप्ताह शुरु गर्दै युवा उधमशीलता साक्षात्कार कार्यक्रम गरी मनाएको थियो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत जेसिजले स्वास्थ्य, शैक्षिक, खेलकुद, खाधन्न सामग्री वितरण गरेको थियो भने महिला सिप विकासको लागी पुन प्रयोग सेनेटरी प्याड बनाउने तालिम समेत गरको थियो ।
यस्तै सप्ताह अन्तर्गत नै गण्डकी युवा वक्ता सिजन २ समेत सम्पन्न गरेको थियो । जसको उपाधी राधा पंगेनीले हात पारेकी थिइन् । त्यसतै दोस्रो प्रेरणा पराजुली तथा तेस्रो कौशल कार्की भएका थिए । समापन समारोहमा बोल्दै गण्डकी प्रदेश सभासदस्य विन्दुकुमार थापाले जेसिजले युवाहरुलाई नेतृत्व गर्न सिकाउने संस्थाको रुपमा स्थापित रहेको बताए ।
कोभिड महामारीको समयमा समेत सचेतना मुलक तरिकाले विभिन्न कार्यक्रम गर्नु हालको परिस्थितमा निकै महत्वपुर्ण रहेको बताए । आफुले आफ्नो तर्फबाट जेसिजलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सामाजिक कार्यमा अग्रसर रहेकोमा धन्यवाद समेत ज्ञापन गरे ।
त्यसतै नारायण शर्माले देशमा विधीको शासनको धज्जी उठाउने काम भइरहेकाले जेसिजहरुले निकै सोच्नुपर्ने अवस्था आएको बताए । युवाहरुमा नेतृत्व विकासको लागी जेसिजको स्थापना भएको र विधिको शासनमा चल्नको लागी युवाहरुलाई आग्रह समेत गरे ।
कार्यक्रम संयोजक मिनराज खड्काले सप्ताहव्यापी कार्यक्रमले आफुलाई समाजको बारेमा जान्ने र बुझ्ने अवसर प्रदान गरेको धारणा राखे । कार्यक्रमले सिकाइमा निखार ल्याउने काम गरेको बताए । जेसिजका अध्यक्ष शिवप्रसाद सापकोटाले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्ण व्यक्तिलाई धन्यवाद ज्ञापन गरे । प्रतिकुलतालाई समेत अनुकुलतामा बदलेर काम गर्दा धेरै कुरा सिक्न पाएको उनले सुनाए ।
जेसिजले समापन समारोहका बिच सप्ताहव्यापी कार्यक्रममा सहयोग गर्ने सम्पुर्ण सदस्यहरुलाई सम्मानपत्र तथा मायाको चिनोले सम्मान समेत गरेको थियो ।