पाेखरा। स्व.हरिश्चन्द्र वाग्ले क्रियाशील पत्रकार महिला पुरस्कार द्वारा दुर्गा अधिकारी सम्मानित भएकी छन्।
क्रियाशील पत्रकार महिला डब्लुडब्लुजे गण्डकीले बिहिवार पाेखरामा उनलाई सम्मान गरेकाे हाे ।
समारोहका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारीले उनलाई १५ हजार ५ सय ५५ रुपैया नगदसहित सम्मान पत्र र दाेसल्लाले सम्मान गरेकी हुन्।
सम्मानित पत्रकार अधिकारी रेडियो सफलताकी प्रवन्ध निर्देशक हुन। अधिकारी १७ बर्षदेखि पत्रकारितामा सकृय छन्।
अग्रज पत्रकार नारायण कार्कीकाे संयाेजकत्वमा गठित प्रतिभा छनाेट समितिले अधिकारीलाई यस वर्ष सम्मान गर्ने निर्णय गरेको थियोे ।साे पुरस्कार बाट सम्मानित हुने अधिकारी पहिलो पत्रकार महिला हुन।
शिक्षासेवी हरिषचन्द्र वाग्लेको नाममा स्व.वाग्लेकी धर्मपत्नी चन्द्रावती वाग्लेले क्रियाशील पत्रकार महिला गण्डकीले संचालन गर्ने गरि १ लाख १हजार १ सय ११ रुपैयाँकाे अक्षयकोष स्थापना गर्नु भएको थियाे।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारीले पत्रकारिता विषय पढ्ने विश्व विद्यालय गण्डकी प्रदेशमा पनि स्थापना गर्नु पर्नेमा जाेड दिईन।
उनले लैङ्गिक समानता र महिला सशक्तीकरणकाे अावाजलाइ बुलन्द गर्न पत्रकारिता क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागीता हुनु पर्नेमा उल्लेख गरिन।
पत्रकारका पीडा सुन्दा अाफुलाई पनि पिडाबाेध हुने गरेकाे बताउदै उनले प्रदेश सरकारले मिडियाकाे क्षेत्रमा गर्ने लगानी न्यायपुर्ण तरिकाले वितरण गरियोस् भनी अाफुले अावाज उठाईरहेकाे दावी गरिन्।
नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुलीले सरकार मिडियालाई कमजोर वनाउने खेलमा लागेको अाराेप लगाउदै मिडियामैत्री वातावरण वनाउन सरकारलाई अाग्रह गरे ।
मुलुककाे सकरात्मक रुपान्तरणका लागि संचार क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता हुनु पर्ने उनकाे भनाइ थियाे ।
नेपाल पत्रकार महासंघको नेतृत्वमा पत्रकार महिला अझैसम्म पनि पुग्न नसकेको भन्दै अर्थपूर्ण सहभागीताका लागि नितीगत ब्यबस्था गर्नु पर्ने उनको सुझाव थियाे।
कार्यक्रममा बाेल्दै स्व. वाग्लेकी धर्मपत्नी चन्द्रावती वाग्लेले क्रियाशील पत्रकार महिलालाई पत्रकारिताकाे क्षेत्रमा थप उर्जा प्रदान गर्ने उदेश्यले अक्षयकोष स्थापना गरिएको बताईन।
सम्मानित पत्रकार अधिकारीले पुरस्कारले अाफुलाई पत्रकारिताकाे क्षेत्रमा थप उर्जा प्रदान गरेको वताईन।
क्रियाशील पत्रकार महिला डब्लुडब्लुजे गण्डकीका अध्यक्ष सरिता तिम्सिना पगेनीकाे अध्यक्षतामा भएको कार्यक्रममा स्वतन्त्र पत्रकार महासंघका संस्थापक अध्यक्ष कृण्णप्रसाद बाँस्तोला ,पाेखरा -३ का वडा अध्यक्ष रविन्द्र बहादुर प्रजु,सदस्य लक्ष्मी पराजुली, रविन कायस्थ ,नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल ,फाेनिज गण्डकीका महासचिव रुद्र श्रीष मगर,पाेखरा -३ नेकपाका अध्यक्ष भिम बहादुर गुरुङ ,पाेखरा -३ नेपाली काँग्रेसका सभापति दिलिप गीरी , ,सुर्याेदय क्लवका अध्यक्ष शेखर पराजुली ,समाजसेवी बसन्त चालिसे,देवी कार्की,भुपालजङ्ग कुवर , क्रियाशील पत्रकार महिला डब्लुडब्लुजे कास्कीका अध्यक्ष शिला गुरुङ लगायतले बाेलेका थिए।
कार्यक्रमकाे संचालन महासचिव अन्जु बरालले गरेकी थिईन्।