पाेखरा। पाेखरामा युवाहरूले नाे ट्रिटमेन्ट नाे ट्याक्स अभियान सुरु गरेका छन्।नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य देव कृष्ण पराजुलीकाे नेतृत्वमा अभियानकाे सुरुवात गरिएको हाे।
काेराेना महामारीको समयमा जनताको स्वास्थ प्रति सरकार गम्भीर नभएको भन्दै सरकारलाई जिम्मेवार वनाउने उदेश्यले अभियान सुरु गरिएको पराजुलीले पाेखरा पाेष्टलाई जानकारी दिए।
नेकपा सरकार अान्तरिक द्वन्द्वमा फसेको ,काेराेना महामारीलाई भ्रष्टाचार गर्ने अवसरकाे रुपमा प्रयाेग गरेको ,संबिधानमै माैलिक हकको रुपमा ब्यबस्था गरिएको स्वास्थ सम्बन्धि हकलाई वेवास्ता गर्दै काेराेना संक्रमितको उपचार सम्बन्धि गैह्र जिम्मेवार निर्णय गरेकाे भन्दै अान्दोलनमा उत्रिनु परेको नेपाल किसान संघका केन्द्रीय सदस्य अमृत श्रेष्ठले जानकारी दिए।
अभियानलाई पुनम भट्ट, सराेज केसी, पशुपति भट्टराई, तारा अधिकारी, महादेब गिरी, सन्देस पराजुली, डा. नयन काेईरला, सुरेन्द्र काेईरला, अर्जुन बहादुर अधिकारी लगाएत बिभिन्न सामाजिक अभियान्ताहरुले सघाएका छन्।
अभियानलाई निरन्तरता दिदै दशैकाे टिकामा पनि ब्यानर प्रस्तुत गर्ने अभियानका संयाेजक देबकृष्ण पराजुलीले जानकारी दिए।