पोखरा। बि.पी कोइराला स्कुल अफ पब्लीक पोलिसी गण्डकी प्रदेश समितिले बि.पी कोइराला स्कुल अफ पब्लीक पोलिसी कास्कीको अध्यक्षमा नेपाली कांग्रेस कास्कीकी युवा नेता सरिता तिम्सिना पगेनीलाई मनोनीत गरेको छ ।
बिगत डेढ दशकदेखि कास्कीमा रहेर पत्रकारिता , लोकतन्त्र,मानब अधिकार र सामाजिक न्यायको पक्षमा काम गर्दे आएकी पगेनी नेपाल प्रेस युनियनको केन्द्रीय सदस्य समेत हुन ।
महामानब बि.पी कोइरालाका आधारभुत सिद्यान्त र मान्यतालाई युवा माझ सहजीकरण गर्ने उदेश्यले पगेनीलाई बि.पी कोइराला स्कुल अफ पब्लीक पोलिसीको बिधान २०७३ बमोजिम कास्की जिल्ला अध्यक्षमा मनोनीत गरिएको स्कुल अफ पब्लीक पोलिसी गण्डकी प्रदेशका संयोजक नारायण पाण्डले जानकारी दिए ।
संस्थाले युवाहरुको क्षमता बिकास , नेतृत्व बिकास, मानब अधिकार, लोकतान्त्रीक मुल्य र मान्यता आदिलाई सामाजिक रुपमा ब्यापक बनाउन बिभिन्न अभियान संचालन गर्दे आएको छ ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.