पछिल्लो २४ घण्टामा २८२४ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु  

0
388

 

पछिल्लो २४ घण्टामा    नेपालमा   २८२४ जना कोरोनाभाइरस सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १३ हजार २३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ ।

उक्त अवधिमा कोभिड-१९ का कारण २३ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेको कूल सङ्ख्या ९६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।