पोखरा । पाेखरामा अाईतबार साँझ ४:५० बजे सम्म थप ११० जनामा काेराेना संक्रमण पुष्टि भएको छ।
यसैगरी आज आइतबार नै पर्वतमा तीन जना, नवलपरासी पूर्वमा ३६, मुस्ताङमा १३, लमजुङमा १४, गोरखामा १४, बाग्लुङमा नौ र तनहूँमा छ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।
योसंगै गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या १० हजार ३०७ जना पुगेको छ भने हालसम्म १२३ जनाको मृत्यु भइसकेको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । ।