पोखरा। पोखरामा उपचाररत तीन जनाको आज कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
पोखराको फिस्टेल हस्पिटल ,गण्डकी मेडिकल कलेज र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक पुरुषसहित तीनजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कार्तिक २५ गते कोरोना संक्रमण पुष्टि भइ पोखराको फिस्टेल हस्पिटलमा उपचाररत पोखरा ९ की ८३ वर्षीया बृद्धाको बिहीबार बिहान ७:३० बजे र कार्तिक २४ गते कोरोना संक्रमण पुष्टि भइ पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा १७ की ७५ वर्षीया महिलाको बिहीबार बिहान ३:४५ बजे उपचार कै क्रममा मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले एक प्रेस विज्ञाप्ति जारी गरी जानकारी दिएका छन् ।
त्यस्तै कार्तिक २८ गते कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत लमजुङ् बेसीसहर ५ का ७१ वर्षीय बृद्धको बुधबार बेलुका ६:४५ बजे उपचार कै क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।