पोखरा । भुमि ब्यबस्थापन तथा अभिलेख बिभागका महानिर्देशक शेषनारायण पौडेलले समाजमा मालपोत र नापी कार्यलयलाई हेर्ने दृष्टिकोण सकरात्मक बनाउनु पर्नेमा जोड दिनु भएको छ ।
शनिबार पोखरामा बिभाग तथा गण्डकी प्रदेश अन्र्तगतका भुमिसुधार तथा मालपोत कार्यलयहरुको आ.ब २०७६ ।०७७ को वार्षिक प्रगति समिक्षा गोष्ठिलाई सम्बोधन गर्दे उहाँले मालपोत र नापी कार्यलयका त्रुटीहरुको बढी उजागर हुने तर कार्यलयले गरेका राम्रा कामहरुको प्रचार हुन नसक्दा आम नागरिकको नजरमा मालपोत र नापी कार्यलयलाई हेर्ने दृष्टिकोण अझै पनि नकरात्मक रहेको बताउनु भयो ।
सेवा प्रवाह र राजश्व संंकलनका हिसाबले मालपोत र नापी कार्यलय अग्रस्थानमा रहेको दाबी गर्दे महानिर्देशक पौडेलले राज्य र नागरिकका नजरमा सकरात्मक प्रभाब पार्ने गरी सेवा प्रवाह गर्न बिभाग लागिपरेको बताउनु भयो ।
सुशासन कायम गर्नका लागि मालपोत र नापी कार्यलयबाट प्रदान गरिने सेवा प्रबिधिमैत्री बनाउदै लगिएको जानकारी दिदै उहाँले १०८ वटा कार्यलयबाट अनलाइन सेवा सुरु गरिएको र बाँकी ८ वटा कार्यलय पनि कार्यन्वयनको चरणमा रहेको बताउनु भयो ।
कर्मचारीमा अनुशासन र सुशासन कायम गर्ने उदेश्यले ४० वटा कार्यलयमा सिसिटिभि जडान गरिएको उल्लेख गर्दे महानिर्देशक पौडेलले २० वटा कार्यलयमा भुसेवा केन्द्र संंञ्चालनमा आएको जानकारी दिनुभयो ।
देशभर हाल १३१ मालपोत र नापी कार्यलय छन् ।
गोष्ठिमा गण्डकी प्रदेश अन्र्तगतका १५ जना मालपोत अधिकृतको प्रस्तुति रहने महानिर्देशक पौडेलले पोखरा पोष्ट डटकमलाई जानकारी दिनुभयो ।