पाेखरा।पाेखरामा थप दुई जना काेराेना संक्रमितको मृत्यु भएको छ।पाेखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा उनिहरुकाे मृत्यु भएको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।
पाेखरा -१३ का ७९ बर्षीय पुरुषको गएराति ११ वजेर ३० मिनेटमा मृत्यु भएको हाे ।उनमा कार्तिक २८ गते काेराेना संक्रमण पुष्टि भएको थियाे।उनमा निमाेनिया लगायतका समस्या रहेको निर्देशनालयले जनाएको छ।
त्यसैगरी ,पर्वत माेदि गाउँपालिका -६ का ६१ बर्षिय पुरुषकाे अाज विहान १० वजेर १० मिनेटमा मृत्यु भएको हाे।
उनमा मंसिर ५ गते काेराेना संक्रमणपुष्टि भएको थियाे।उनमा निमाेनिया लगायतका समस्या रहेको निर्देशनालयले जनाएको छ।
गण्डकीमा काेराेना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४१ पुगेको छ।