श्रीभद्र पौडेल
पोखरा ।अन्नपूर्ण गाउँपालिका ३ स्थित काँडे वराह मन्दिर परिषरमा निर्माण गरिएको कुण्ड(पोखरी)को विहीवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
कुण्डको उद्घाटन गदैं राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवम् मन्दिरका संरक्षक कुलबहादुर गुरुङ कुलुले धर्म संस्कृतिको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।उहाँले अन्य स्थानमा रहेका वराह मन्दिर भन्दा काँडे वराहको शक्ति अद्भुत रहेको दावी समेत गर्नुभयो।गुरुङले सबै नेपालीलाई हिन्दु राष्ट्रको पक्षमा लाग्न आग्रह पनि गर्नुभयो।
वडाध्यक्ष चन्द्रबहादुर गुरुङले अन्नपूर्ण क्षेत्रको प्रमुख शक्तिपिठका रुपमा काँडे बराहलाई चिनाउँदै त्यसको महिमा प्रचारप्रसारको आवश्यकता औँल्याउनुभयो।
उक्त अवसरमा पण्डित पुण्यप्रसाद सुवेदी, राष्ट्रिय धर्मसभा नेपालका केन्द्रीय सदस्य पण्डित तारानाथ पौडेल, पत्रकार कमल पौडेल अथक, स्थानीय बुद्घिजिवी सुरज पौडेल, बौद्घ आमा समूहका अध्यक्ष मैताकुमारी गुरुङ लगायतले पनि धर्म संस्कृतिको रक्षा गर्नुपर्ने बारेमा भनाई राख्नुभएको थियो।
कार्यक्रमका बीच मन्दिरका कोषाध्यक्ष गुरुदत्त भारतीले कुण्ड निर्माणका लागि विभिन्न माध्ययम मार्फत रु.९ लाख ९७ हजार ३ संकलन गरिएकोमा रु.७ लाख ७४ हजार २ सय ३९ लागत लागेको विवरण प्रस्तुत गर्नुभयो।त्यस्तै सहयोगी संघसंस्था एवम् व्यक्तिलाई सम्मान पनि गरिएको थियो।
मन्दिर संरक्षण व्यवस्थापन समितिका अध्यक्ष गुञ्जमान गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सदस्य रेवती अधिकारीले स्वागत तथा सचिव युवराज गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.