डा.प्रकाश पौडेलको गीत “यादका लहरहरु” सार्वजनिक

0
818

 

पाेखरा। बरिष्ठ सर्जन डा. प्रकाश पौडेलको गीत “यादका लहरहरु” सार्वजनिक भएको
छ । नेपाली सुगम संगितमा सुमधुर स्वरका धनी गायक तथा संगीतकार राज सागरको आवाज ःबभि खभचकष्यल सार्वजनिक भएको छ ।

एसियन म्युजिकद्धारा सार्वजनिक भएको उक्त गीतको गत महिना नै सार्वजनिक भएको छ । गत महिना अन्जु पन्तको आवाजमा सार्वजनिक भएको उक्त गीत र म्युजिक भिडियोको दर्शकहरुबाट राम्रो प्रतिक्रिया आइरहेका बेला  Male version पनि सार्वजनिक भएको हो ।

एक प्रेमिल जोडीको साँचो प्रेमलाई मिठो तरिकाले प्रस्तुत गरिएको उक्त गीतमा राज सागरले संगित भरेका छन् भने गोपाल रसाइलीले संगित संयोजन गरेका छन् ।

त्यस्तै प्रविन श्रेष्ठले सम्पादन गरेको उक्त गीतको भिडियो निर्देशन हरि हुमागाँईले गरेका छन् ।
उक्त गीतको भिडियोमा नेपाली चलचित्र जगतका महानायक राजेश हमाल र सदावहार सुन्दरी नायिका करिश्मा मानन्धरले अभिनय गरेका छन् ।

उनीहरुले एक प्रेमिल जोडीको मिठो सम्झनालाई कलात्मक तरिकाले प्रस्त’त गरेर गीतलाई अझै जीवन्त तुल्याएका छन् ।