मुख्यमन्त्री गुरुङद्वारा ल्होसार, उधौली र योमरी पुन्हिको शुभकामना

0
404

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले तमु गुरुङ समुदायको महान पर्व ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका दाजुभाई दिदिबहिनीहरुमा सुख, शान्ति, संमृद्धि, सुस्वास्थ्य, आपसि सद्भाव, एकता, भातृत्व एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् ।

ल्होसार भनेको नयाँ वर्ष हो । गुरुङ समुदायको प्राचिन पात्रो अनुसार पुस १५ गते मनाउने यस पर्वले नयाँ वर्ष शुरु भएको संकेत गर्दछ । यस अवसरमा समुदायमा नाता कुटुम्बहरु जम्मा भएर भोज खुवाउने र शुभकामना आदान प्रदान गर्ने गरिन्छ । मुख्यमन्त्री गुरुङको शुभकामना सन्देशमा लेखिएको छ, सांस्कृतिक परम्पराका धनी नेपालका तमु समुदायले सदियौंदेखि आफ्नो रीति, परम्परा र संस्कृतिको संरक्षण तथा संवर्धन गर्दै आईरहेको छ । तमु ल्होसारको छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राख्ने विश्वास लिएको छु ।

मुख्यमन्त्री गुरुङले आजै किराँत धर्मालम्वीको उधौली पर्व, नेवार समुदायको योमरी पुन्हिको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । पर्वको अवसरमा उनले सबै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना जगाई शान्त, समुन्नत तथा समृद्ध नेपाल निर्माणका लागि प्रेरणा प्रदान गर्न सकुन भन्ने कामना गरेका छन् ।