पाेखरा।महिला संस्था महासंघको केन्द्रीय तदर्थ समितिमा गण्डकी प्रदेशबाट अामा मिलन केन्द्रका अध्यक्ष ईन्दिरा पाैडेल चयन हुनुभएको छ।संकल्प गण्डकी प्रदेशले अायाेजना गरेको गण्डकी प्रदेश स्तरीय भेलाले उहाँलाई केन्द्रीय तदर्थ समितिमा चयन गरेको हाे।
महिलाका विविध सवालहरुमा वकालत तथा पैरवी गर्दै राज्यको हरेक तह तथा तप्कामा महिलाको अर्थपूर्ण सहभागीता गराउने उदेश्यले महिला संस्था महासंघको गठन गर्न लागिएको संकल्पका केन्द्रीय अध्यक्ष लिलि थापाले जानकारी दिनुभयो ।
देशका ७ वटै प्रदेशबाट सदस्य छनाैट गरि केन्द्रीय तदर्थ समिति गठन गर्न लागिएको उहाले वताउनु भयाे।
कार्यक्रममा संविधानले व्यवस्था गरे वमाेजिम महिलाको ३३ प्रतिशत सहभागीताले मात्रै महिलाकाे अर्थपूर्ण सहभागिता हुन नसकेको उल्लेख गर्दै अागामी दिनमा महिलाको नेतृत्वदायी भुमिकाकाे लागि महासंघले वकालत गर्ने संकल्प गण्डकी प्रदेशका उपाध्यक्ष सरिता तिम्सिना पगेनीले जानकारी दिनुभयाे।
दुईदिन सम्म संचालन भएको कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाका करिव ६० जना महिलाको सहभागीता रहेको थियाे।
कार्यक्रममा सहभागीले नेपालभरका महिलाले नेतृत्व गरेका साथै महिलाकाे क्षेत्रमा काम गरेका संस्थाहरुकाे महासंघ स्थापनाले महिलाको हरेक तहमा अर्थपूर्ण सहभागीताका लागि महत्त्वपूर्ण भुमिका खेल्ने राय प्रस्तुत गरेका थिए।