थपिए ११९ सङ्क्रमित, ३ जनाको मृत्यु

0
555

 

पाेखरा ।पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोनाभाइरसका ११९ जना सङ्क्रमित थपिएका छन् ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ९२५ पुगेको जनाएको छ । जसमध्ये दुई लाख ६८ हजार ७२ जना सङ्क्रमित निको भएका छन् ।
पछिल्लो चौबीस घण्टामा कोरोनाका २६० जना सङ्क्रमित निको भएर घर फर्केको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा ३ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दुई हजार ३८ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

 

हाल क्वारेन्टिनमा ९२ जना छन् भने आइसोलेसनमा एक हजार ८ सय १५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।