पोखरा । पोखरा थिएटरको गन्धर्व नाटकघरले तेस्रो वर्ष पूरा गरेको छ । पोखरा थिएटर २०७४ फागुन २ गतेबाट संचालनमा आएको थियो, ३ वर्षको यो अवधिमा थिएटरले विभिन्न ४८ वटा नाटक मञ्चन गरिसकेको छ ।
थिएटरको आयोजनामा प्रदेश स्तरीय विद्यालय नाटक महोत्सव समेत हुने भएको छ । गत वर्ष पोखरा महानगरपालिका स्तरीय विद्यालय नाटक महोत्सवको आयोजना गरेको थिएटरले यसपाली प्रदेशमानै रंगमञ्च भन्ने हिसाबले आफ्ना गतिबीधि अघी बढाएको छ ।
पोखरा थिएटरको स्थापना पश्चात पोखरामा नाटकको जग बसेको गन्धर्व नाटकघरका अध्यक्ष परिवर्तको भनाई छ ।
पोखरा थिएटरले झण्डै १ सयको हाराहारीमा नाट्यकर्मीको उत्पादन गरिसकेको छ । आगामी दिनमा यो कार्य अझै प्रभावकारी ढंगबाट अघि बढ्ने परिवर्तनले बताए ।