पोखरा । साहित्यकार जीवन सागर भण्डारीको मुक्तक कृति असुरक्षित गुलाब” मङ्गलबार लोकार्पण भएको छ। पोखरेली युबा सास्कृतिक परिबारको आयोजनामा पोखरामा आयोजित विशेष कार्यक्रममा उक्त मुक्तक कृति नेपाल संगीत नाट्य प्रजा प्रतिष्ठानका पुर्ब उपकुलपति साहित्यकार सरुभक्तले लोकार्पण गरेका हुन।
उनले जीवन र साहित्य अब छुट्टाछुट्टै लिन नसकिने बताए। मुक्तक संग्रहमा प्रस्तुत मुक्तकले उत्कृष्ट कृतिको रुपमा परिचय बनाउने बिश्वास ब्यक्त गरे।
कार्यक्रममा लेखक भण्डारीको परिचय प्रस्तुत गर्दै परिबारका पुर्ब अध्यक्ष साहित्यकार ईश्वरमणि अधिकारिले भण्डारीका साहित्यिक लयाएत उनका ब्यक्तित्वका बिबिध आयामहरुको चर्चा गरेका थिए।
कार्यक्रममा कृतिको समालोचना प्रस्तुत गर्दै समालोचक सन्जिब तिवारिले नेपाली साहित्यमा भण्डारीका मुक्तक उल्लेखनीय हुने बताए । उनले मुक्तक मार्फत भण्डारीले राजनितिक र सामाजिक बिकृतिमा ब्यङ्ग प्रहार गरेको उल्लेख गर्दै सङ्ग्रहको ठुलो आवाज देस भक्ति भएको बताए ।
मुक्तकमा नेपाल र नेपालीको भबिष्यका बिषयमा गम्भीर चिन्ता व्यक्त गरिएको उल्लेख गरे। कार्यक्रममा साहित्यकार तिर्थ श्रेष्ठ , प्राज्ञ रमेश श्रेष्ठ , गजलकार प्रकट पगेनी “शिव”, गजलकार दिपक समीप ,कृतिका स्रस्टा जीवन सागर भण्डारी ,पोखरा ३३ का वडाअध्यक्ष शिव प्रसाद आचार्य लगायतले साहित्यकार भण्डारीको साहित्यिक जिबनको सफलताको शुभकामना व्यक्त गरेका थिए।
परिबारका पुर्ब अध्यक्ष समेत रहेका मुक्तककार भण्डारीका १ सय सात मुक्तक सो संग्रहमा समाबेश छन। पोखरेली युबा सास्कृतिक परिबारले प्रकाशन गरेको २७ औ कृति असुरक्षित गुलाबमा १२० पृष्ठ रहेका छ्न। पोखरेली युबा सास्कृतिक परिबारका अध्यक्ष मोति भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन परिबारका सचिब डाक्टर चैतन्य अधिकारिले र स्वागत साहित्य संयोजक रिता अधिकारी “रितुले गरेका थिए।