कास्की । ज्याला जर्तिको वृद्धिको माग राख्दै स्वर्णकार कल्याण समिती कास्कीले नेपाल सुन चादिं रत्न तथा आभुषण ब्यवसायी संघ कास्कीलाई ज्ञापन पत्र बुझाएको छ।
१३ बर्ष अगाडि तोकिएको ज्यालामा हाल काम गर्नु परेको र हालको दैनिक उपभोग्य बस्तुको मुल्य वृद्धि भएको तर कालिगढको ज्याला वृद्धि नभएकोले, कालिगढले दैनिकी चलाउन गाह्राे भएको , स्वर्णकार कल्याण समितिका अध्यक्ष भुवन लोहनीले बताउनु भयो।
ज्ञापनपत्रको उपयुुक्त सुनुवाइ नभए सम्पूर्ण कालिगट काम ठप्प पारि आन्दोलनमा जान बाध्य हुने लोहनीले बताउनु भयो।
ज्ञापनपत्र बुझदै नेपाल सुन चादिं रत्न तथा आभुषण ब्यवसायी संघका अध्यक्ष किसान सुनारले कालिगटको ज्याला वृद्धि गराउन आफु प्रतिबद्ध रहेको जनाउनु भयो।
यस अघि स्वर्णकार कल्याण समिति कास्कीले ज्याला जर्तिको वृद्धिको माग राख्दै सुन चादिं ब्याबसायी कास्की लाई पानि ज्ञापनपत्र बुझाएको थियो।
सम्पुर्ण कालिगढ एक हाै श्रम र सिपको सम्मान गरौं भन्ने मुल उद्शेयका साथ २०५७ सालमा स्वर्णकार कल्याण समिति स्थापना भएको थियाे ।