नेपाल ट्रेड युनियन काँग्रेस कास्की महिला समितिले मनायो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

0
480

 

 

पाेखरा।नेपाल ट्रेड युनियन काँग्रेस कास्की महिला समितिले १११अाै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस शुभकामना अादानप्रदान तथा अन्तरक्रिया कार्यक्रम गरि मनाएको छ।

कार्यक्रममा बाेल्दै गण्डकी प्रदेश सभा सदस्य ललिता गुरुङले महिला अधिकार कागजी दस्तावेजमा मात्रै सिमित नभई व्यवाहारिकतामा पनि सुनिश्चित हुनु पर्नेमा जाेड दिईन ।उनले महिला उत्पिडनकाे अवस्था अहिले पनि भयावह अवस्थामा रहेको उल्लेख गर्दै राज्यका हरेक तह र तप्कामा पुरुष सरह महिलाको पनि नेतृत्व जरुरी रहेको वताईन्।

नेपाल ट्रेड युनियन कांग्रेस महिला समिति कास्कीका संयाेजक पुर्ण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्मा ,कास्कीका अध्यक्ष विजयराज भण्डारी ,पुर्व अध्यक्ष कुलदेवी वराल,कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देल ,नेपाल महिला संघ कास्कीका सभापति काेपिला रानाभाट ,नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी,कास्की उपाध्यक्ष रविना अाले,गृह श्रमिक संघ कास्कीका अध्यक्ष लालुमाया रेग्मी ,नेपाल व्युटिसियन संघ कास्कीका अध्यक्ष सरमिला रानाभाट लगायतले बाेलेका थिए।

कार्यक्रमकाे संचालन समितिका सचिव र सहसचिव भिममाया सुवेदी र श्रद्धा सुवेदीले गरेका थिए।